Logo
३० आश्विन २०८१, बुधबार
(October 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साफ वुमन्स च्याम्पियनसिपको तयारी पूरा, कात्तिक १ देखि दशरथ रंगशालामा हुने

२९ असोज, काठमाडौं। घरेलु मैदानमा हुने सनफ वुमन्स च्याम्पियनसिप २०२४ को तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले रंगलबार पत्रकार सम्मेलन गरेर च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

साफ वुमन्स च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुनेछ । एन्फा प्रवक्ता सुरेश शाहले सबै तयारी पूरा भएको बताउँदै ३ टिम आइसकेको र दुई टिम आउट बाँकी रहेको जानकारी दिए ।

केही टिम र अफिसियलहरु बुधबार बिहानसम्म आईपुग्ने उनले जानकारी दिए। यस्तै दशरथ रंगशाला तयारी अवस्थामा रहेको एन्फाले जनाएको छ । ‘दशरथ रंगशाला खेलका लागि तयार छ । खेल्नका लागि राम्रो कन्डिसनमा छ । एन्फाका टुर्नामेन्ट डिरेक्टर सन्जिव मिश्रले भने ।

प्रतियोगितामा नेपाल लगायत माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी सात टिमले सहभागिता जनाउँदैछन्। सहभागी टोलीहरुमध्ये पाकिस्तान, माल्दिभ्स र बंगलादेश आइसकेको र भारत र भुटान बुधबार बिहान सम्म काठमाण्डौ बाइपुग्ने पनि जानकारी गराउदछु।’

प्रतियोगिताको तयारीका लागि २३-सदस्यीय नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङ्गको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ। प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाकी भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएकोछ ।

प्रतियोगिताको टिकेटिङ्ग अधिकार माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड ईभेन्ट्सलाई प्रदान गरिएको छ। प्रतियोगिताको समुह चरणका खेलको टिकट दर साधारण पारापिट तर्फ रु ३०० र भीआइपी तर्फ रु ५०० तोकिएको छ भने नकआउट चरणका खेलहरुको टिकट दर साधारण पारापिटतर्फ रु ५०० र भीआईपीतर्फ रु १००० कायम गरिएको छ। प्रतियोगिताको १० वर्षसम्मका सबै बालबालिकालाई निःशुल्क प्रवेश दिइनेछ ।

लिग र नकआउट चरण गरेर माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड ईभेन्ट्सले कूल ८० लाख एन्फालाई प्रदान गर्ने सम्झौंता भएको एन्फाले जनाएको छ ।

प्रकाशित मिति: Oct 15, 2024

प्रतिक्रिया दिनुहोस्