Logo
३० आश्विन २०८१, बुधबार
(October 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दशैंपछि तोलामा १४०० बढ्यो सुन

२९ असोज, काठमाडौं । दशैंपछि सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ ।

दशैंअघि असोज २३ गते सुन प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँ रहेको सुन आज मंगलबार १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको छ ।

असोज १८ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ६१ हजार ३ सय रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ । दशैंअघि २३ गते प्रतितोला १९०० रुपैयाँ रहेको चाँदी यस दिन १९२५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: Oct 15, 2024

प्रतिक्रिया दिनुहोस्