Logo
३० आश्विन २०८१, बुधबार
(October 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस लामो साँघुमा दुर्घटना

काठमाडौँ । काठमाडौँबाट ओखलढुंगाको गाम्नाङटार जाँदै गरेको बस दोलखामा दुर्घटना भएको छ ।

बुधबार बिहान प्रदेश ३–०१ –००६ ख०६३६ नम्बरको बस दुर्घटना हुँदा १५ जना बढी घाइते भएका छन् ।

दोलखाको लामोसाँघु–जरी सडक खण्ड अन्तर्गत भीमेश्वर नगरपालिका–८ बोचमा उक्त बस दुर्घटना भएको हो ।

केही घाइतेहरूको उद्धार गरेर चरिकोट लगिएको छ । दुर्घटनाबारे विस्तृत विवरण आइनसकेको दोलखा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Oct 9, 2024

प्रतिक्रिया दिनुहोस्