Logo
१० मंसिर २०८१, सोमबार
(October 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दशैँ मनाउन ९ दिनमा ५ लाखभन्दा बढीले छाडे उपत्यका

दशैँ मनाउन ९ दिनको अवधिमा ५ लाखभन्दा बढी सर्वसाधारणहरू काठमाडौँ उपत्यका छाडेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १४ गतेबाट हालसम्म उपत्यकाबाट ५ लाख ६५ हजार सर्वसाधारणहरू दशैँ मनाउन गाउँ गएका छन्।

घटस्थापनादेखि यता ४ लाख २२ हजार यात्रुहरू बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता रविन कार्कीले जानकारी दिए।

उनका अनुसार २४ घण्टाको अवधिमा मात्रै १ लाख यात्रु बाहिरिएकाे तथ्यांक छ। ‘बाढी पहिरोले राजमार्गहरू अवरूद्ध गरे पनि दशैँ मनाउन गाउँ जानेहरूको झनै चाप बढ्दै गएकाे छ,’ उनले भने।

 

प्रकाशित मिति: Oct 8, 2024

प्रतिक्रिया दिनुहोस्