Logo
१० मंसिर २०८१, सोमबार
(November 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरी २ मा के छ अवस्था ? फेसबुकमा नारा : फेरि चाहियो सिताराम !

  • टोमराज मेहता, 

इनरुवा : आउदो निर्वाचनमा सुनसरी क्षेत्र नम्बर २ को परिणाम के कस्तो आउने हो त्यसबारे अहिले नै सहजै रुपमा भन्नसकिने अवस्था नभएपनि अन्तत : नेपाली कांग्रसका उम्मेदवार सिताराम मेहता नै जित हासिल गर्ने चौतर्फी चर्चा भइरहेका छन् । त्यसो त मेहताले स्वयं फेसबुकमा फेरी चाहियो सिताराम भन्दै नयाँ नारा प्रस्तूत गरेकाछन् ।

मुक्तक शैलिमा मेहताले फेसबुकमा लेखेकाछन् :

लोभ-लाच दिन धेरै आउनेछन्, बनाउने छन् गुलाम !
तर सुनसरी २ को हो पुकार : फेरी चाहियो सिताराम !!
फेरी चाहियो सिताराम !!! 

पुर्व भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री समेत रहेका मेहता उम्मेदवार बने लगतै चुनावी अभियानमा जुटेका छन । मेहता हिजोआज चुनावीसभालाई सम्बोधन गर्न जादा त्यहाका जनताले नारामै भन्ने गरेका छन ‘फेरि चाहियो सिताराम, फेरी चाहियो सिताराम’ । यस्तो नारा जनताबाट पाएपछि मेहता हर्शित हुनेगरेका छन् ।

दोश्रो संविधान सभाको निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली काङ्ग्रेसबाट जित हासिल गरेका मेहता यसपटक एमाले माओवादीको गठबन्धनका एक सामान्य उममेदवार भनिएका डम्बर सुवेदीसंग प्रतिस्पर्धा गर्नेछन् । यसअघि उनले तत्कालिन क्षेत्र नम्बर ४ मा एमालेका उम्मेदवार खेमराज पोख्रेललाई पराजित गरेका थिए ।

गरिबको नेता सिताराम मेहता संविधान सभाको निर्वाचनमा नाराले चर्चा पाएर उनि जित हासिल गरे त्यसरी नै फेरि अगामी महिना हुने निर्वाचनका लागि फेरि चाहियो सिताराम मेहता भन्ने नाराले पनि निकै चर्चा पाएको छ ।

राज्यमन्त्री बनेर उनले विकासको गतिलाई अघि बढाई पुर्व मेची देखि महाकालीसम्मको यात्राले पनि उनी चर्चामा रहेका थिए । त्यसो त उनी तत्कालिन मधेस आन्दोलनका बेला नेपाली काङ्ग्रेसको झन्डा लिएर एक्लै आन्दोलनमा सहभागी भएका थिए । मधेशीको माग पुरा हुनुपर्दछ भन्दै नारा लगाएका थिए ।

प्रकाशित मिति: Nov 8, 2017

प्रतिक्रिया दिनुहोस्