Logo
३० आश्विन २०८१, बुधबार
(October 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिरोमा पुरिएर मृत्यु भएका ६ युवा खेलाडीको परिवारलाई जनही ८ लाख दिने एन्फाको निर्णय

पहिरोमा परी मृत्यु भएका ६ खेलाडीका परिवारलाई अखिल नेपाल फुटबल संघ एन्फाले राहतस्वरुप ८ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।

एन्फाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित श्री बत्सलादेवीमा सञ्चालन गरिरहेको एकेडेमीमा गएको पहिलोमा पुरिएर आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आर्चाय, दिवस बाँनिया, अनुपम घलान र साइमन योञ्जनको ज्यान गएको थियो।

आइतबार बसेको एन्फा कार्यसमितिको आपतकालीन बैठकले उनीहरूको परिवारलाई राहतस्वरुप उक्त रकम दिने निर्णय गरेको होे।  बैठकले प्रत्येक दिवंगत खेलाडीको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा दुई लाख रुपैयाँको अक्षयकोष खोलिदिने निर्णय पनि गरेको छ।

उक्त घटनाबारे सत्यतथ्य विवरण संकलन गरी एक महिना भित्र प्रतिवेदन पेश गर्ने गरी एन्फा केन्द्रिय सदस्य विकास नारायण श्रेष्ठको नेतृत्वमा तीन सदस्सीय छानबिन समिति पनि गठान गरिएको छ।

समितिमा एन्फा सहायक महासचिव दामोदर भट्टराई र केन्द्रिय सदस्य टिकाराम लामा छन्।

 

प्रकाशित मिति: Oct 7, 2024

प्रतिक्रिया दिनुहोस्