Logo
२१ कार्तिक २०८१, बुधबार
(October 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाताअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ। यस बैंकका खातावाला श्री भीमप्रसाद निरौलाको दुर्घटना भई मृत्यु भएकाले निजको हकवालालाई बीमा रकम हस्तान्तरण गरिएको हो।

सानिमा बैंकको तर्फबाट बिर्तामोड शाखाका शाखा प्रबन्धक श्री माधवप्रसाद वाग्ले र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रदेश प्रमुख ठाकुर उप्रेतीले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गरेका हुन्।

दुर्घटनाका कारण मृत्यु भएका भीमप्रसाद निरौलाले सानिमा बैंकको बिर्तामोड शाखामा सानिमा प्लाटिनम पेरोल बचत खाता खोलेका थिए।

सानिमा बैंकले प्लाटिनम पेरोल बचत खाताअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाख सम्मको १३ घातक रोगहरुको उपचार बीमा, रु. १० हजारसम्मको ओपिडी भुक्तानी शुल्क सहितको रु. ५० हजारसम्मको औषधी उपचार बीमा र रु. ५० हजारको आवधिक जीवन बीमा सुविधा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित मिति: Oct 7, 2024

प्रतिक्रिया दिनुहोस्