Logo
१९ आश्विन २०८१, शनिबार
(October 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति पौडेल र राष्ट्रियसभाका अध्यक्ष दाहालबिच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले भेट गरेका छन् । शुक्रवार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा अध्यक्ष दाहालले अन्तरव्यवस्थापिका संघको सम्मेलनमा भाग लिन जान लागेको जानकारी गराएका थिए ।

अध्यक्ष दाहाल स्वीटजरल्याण्डमा हुने अन्तरव्यवस्थापिका संघको सम्मेलनमा सहभागी हुनका लागि नेपाली प्रतिनिधिमण्डलमा नेतृत्व गर्दै यही असोज २५ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: Oct 4, 2024

प्रतिक्रिया दिनुहोस्