Logo
१९ आश्विन २०८१, शनिबार
(October 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिन्धुलीको सिस्नेरीमा हायस दुर्घटना, १५ जना घाइते

काठमाडौँ । सिन्धुलीको सिस्नेरीमा हायस दुर्घटना भएको छ । शुक्रबार काठमाडौँबाट विराटनगर जाँदै गरेको बा ५ ख ६६१८ नम्बरको हायस दुर्घटना भएको हो । दुर्घटनामा परेर १५ जना घाइते भएका छन् ।

उनीहरुलाई सिन्धुली अस्पतालमा सामान्य उपचारपछि धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । हायसमा १९ जना सवार रहेको समेत प्रहरीको भनाई छ ।

प्रकाशित मिति: Oct 4, 2024

प्रतिक्रिया दिनुहोस्