Logo
३० आश्विन २०८१, बुधबार
(October 3, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुख्खा पहिरोले राप्ती लोकमार्ग अवरुद्ध

तुलसीपुर । सुख्खा पहिरोले राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान खण्ड अवरुद्ध भएको छ । आज बिहान ९ः१५ बजेतिर सुख्खा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो ।

तुलसीपुर उपमहानगरपालिका–३ श्रीखोलामा माथिबाट सुख्खा पहिरो आउँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

उनका अनुसार अहिले पहिरो हटाउने कार्य भइरहेको छ ।

प्रकाशित मिति: Oct 3, 2024

प्रतिक्रिया दिनुहोस्