Logo
१४ आश्विन २०८१, सोमबार
(September 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संवेदनशील बेलामा विरोधका लागि विरोध नगरौं : प्रधानमन्त्री

१४ असोज, काठमाडौं। राष्ट्रसंघीय महासभाबाट १० दिनपछि स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विपद्ले गराएको क्षतिबारे टिप्पणी गरेका छन् ।

त्रिभुवन विमानस्थलमा प्रधानमन्त्रीले रेड अलर्ट जारी गरे पनि पहिरो कहाँ कहाँ जान्छ भनेर पूर्वानुमान नभएको बताए । उनले भने, ‘काठमाडौंमा यति डुबान होला भन्ने कल्पना थिएन।’

ओलीले सञ्चारकर्मीसँग बोले लगत्तै जारी प्रेस वक्तव्यमा विपद्का मृतकप्रति श्रद्धान्जली व्यक्त गरिएको छ । उनले घाइतेको स्वास्थ्यलाभ कामना गरेका छन् ।

ओलीले सरकारी निकाय र जनस्तरबाट उद्धार कार्य जारी रहेको भन्दै धैर्य गर्न आग्रह पनि गरेका छन् । उनले सरकारले सहायता र राहतमा कसर बाँकी नराख्ने प्रतिबद्धता पनि जनाए ।

वक्तव्यमा ओलीले १० दिने भ्रमण क्रममा गरेका भेटवार्ता र तिनको उपलब्धिबारे चर्चा गरिएको छ ।

विपद्का बेला प्रधानमन्त्रीले आवश्यकभन्दा लामो भ्रमण गरेको भन्दै आलोचना भइरहेका बेला ओली पूर्वनिर्धारित भ्रमण तालिका अनुसार नै स्वदेश फर्केका हुन् ।

प्रकाशित मिति: Sep 30, 2024

प्रतिक्रिया दिनुहोस्