Logo
१४ आश्विन २०८१, सोमबार
(September 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चणिकलाललाई महालक्ष्मी विकास बैंकको एक लाख रुपैयाँ सम्मान

काठमाडौं । ललितपुर नख्खु खोलामा आएको बाढीले बगाउँदै गरेका दुई जनाको सकुशल उद्दार गरेका काभ्रेका चणिकलाल तामाङलाई महालक्ष्मी विकास बैंक लिमिटेडले एक लाख रुपैयाँ नगद सम्मान गरेको छ ।

१३ असोजमा बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच चणिकलाललाई सम्मान गरिएको बैंकले जनाएको छ । चणिकलालले जोखिम मोलेर देखाएको अदम्य साहसको सम्मान गरिएको बैंकको भनाइ छ ।

चणिकलाललाई गरिएको सम्मानले विपद्‍को समयमा नागरिक स्तरबाट सुरक्षित रूपमा उद्धार कार्यमा सहभागिता जनाउन समेत हौसला मिल्ने विश्वास बैंकको छ ।

काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटारका तामाङले गत शनिबार नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी छोरी ६ वर्षीया मेघना साह र राजुका भाइ २२ वर्षीय राज साहको उद्धार गरेका थिए ।

प्रकाशित मिति: Sep 30, 2024

प्रतिक्रिया दिनुहोस्