Logo
१३ आश्विन २०८१, आईतबार
(September 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुःखद घडीमा चीन नेपाली जनताको साथमा छ–राजदूत सोङ

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङल दुःखद घडीमा चीन नेपाली जनताको साथमा रहेको उल्लेख गरेका छन् ।

काठमाडौँमा रहेको हुवाइ कार्यालय निरीक्षण गर्न पुगेका राजदूत सोङले हुवाइका इञ्जिनियरहरुले यस सङ्कटको समयमा सबै सञ्चार आवश्यकताहरूलाई सहयोग गरिरहेको उल्लेख गरेका छन् ।

बाढी र पहिरोबाट प्रभावित सबै मोबाइल सञ्चार स्टेसनहरू मर्मत गर्न इन्जिनियरहरूले हिजो रातीदेखि नै दैनिक २४ घण्टा काम गरिरहेको उनले उल्लेख गरेका छन् ।

चीनको हुवावे कम्पनीले नेपाल टेलिकम र एनसेलसँग काम गरिरहेको छ । नेपालको ‘टेलिकम्युनिकेसन’ उद्योगमा ‘अपरेटर’ कोर सिष्टम’ हुवावेले दिएको छ । हुवावेले नेपाल टेलिकम र एनसेल दुवैको ‘फोर जी’ को ‘कोर सोलुसन’ दिइरहेको छ ।

प्रकाशित मिति: Sep 29, 2024

प्रतिक्रिया दिनुहोस्