Logo
१३ आश्विन २०८१, आईतबार
(September 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रिसोर्ट बगाउँदा नेपाली सेनाका बहालवाला कर्णेल केसी बेपत्ता

काठमाडौँ । पहिरोमा परेर नेपाली सेनाका बहालवाला कर्णेल मिलन केसीको बेपत्ता भएका छन् । दोलखा जिल्लाको भीमेश्वर नगरपालिका  बोच निवासी केसी शनिवार सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाको सुकुटेस्थित सिन्धु बिज रिसोर्ट बगाउँदा बेपत्ता भएका हुन् ।

शनिवार सो रिसोर्ट बगाउँदा ४ जना बेपत्ता भएका थिए । केही घण्टापछि २ जनाको शव भेटिएको थियो ।  भक्तपुर खरीपाटीमा कार्यरत केसी कोरियन साथीहरूसँगै रिसोर्टमा थिए । रिसोर्ट बगेपछि उनी साथीको उद्धार गर्ने क्रममा हिजो बेपत्ता भएको बागमती प्रदेशका डीआईजी कृष्णहरि शर्माले जानकारी दिए । उनको परिचयपत्र भेटिएको उनले बताए ।

प्रकाशित मिति: Sep 29, 2024

प्रतिक्रिया दिनुहोस्