Logo
८ पुस २०८१, सोमबार
(September 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कृषिमा भएको क्षतिबारे तथ्यांक संकलन गर्न मन्त्री अधिकारीको निर्देशन

काठमाडौँ । कृषि  तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रमा बाढीले पारेको वास्तविक क्षतिको बारेमा अध्ययन गरी रणनीति बनाउन मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

बाढीले कृषि क्षेत्रमा पारेको असरबारेमा छलफल गर्न कृषि मन्त्रालयमा बसेको बैठकमा मन्त्री अधिकारीले सो निर्देशन दिएका हुन् । मन्त्री अधिकारीले बाढीले कृषि क्षेत्रमा के–कति क्षति पुर्‍याएको छ त्यसको वास्तविक तथ्यांक छिटो संकलन गरी कार्ययोजना बनाएर अगाडि बढ्न निर्देशन दिएको उनका निजी सचिवलालले जनाएको छ ।

बाढीले कृषि उपजहरूमा क्षति पुर्‍याएको प्रारम्भिक सूचनाहरू प्राप्त भएको भन्दै उनले त्यसलाई सम्बोधन गर्न आवश्यक रहेको बताए । उनले पीडित किसानलाई के–कसरी राहत दिन सकिन्छ त्यसको बारेमा तुरुन्त कार्यान्वयनमा जानुपर्ने आवश्यक भइसकेको बताए ।

प्रकाशित मिति: Sep 29, 2024

प्रतिक्रिया दिनुहोस्