Logo
३० कार्तिक २०८१, शुक्रबार
(September 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सारा सामर्थ्य लगाएर परिस्थितिको सामना गर्छौं : अर्थमन्त्री

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्दै सरकारले सबै सामर्थ्यका साथ उत्पन्न विषम् परिस्थितिको सामना गर्ने बताएका छन्।

चीन भ्रमण पूरा गरी आज दिउँसो स्वदेश फर्केका उनले समस्या समाधानका लागि सबैलाई आफ्नो ठाउँबाट सहयोग गर्न र धैर्य रहन सबैलाई आग्रह गरे। उनी विमानस्थलमा ओर्लिएपछि सिधै मन्त्रालय पुगी छलफलमा जुटेका छन्।

अर्थमन्त्री पौडेल चीनका उपप्रधानमन्त्री ही लिफेङको निमन्त्रणामा यही असोज ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए।

प्रकाशित मिति: Sep 29, 2024

प्रतिक्रिया दिनुहोस्