Logo
१३ आश्विन २०८१, आईतबार
(September 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस बैठक: बाढी पीडितका लागि ५० लाख जम्मा गर्ने, सांसदले १५ दिनको तलव दिने, उपनिर्वाचनका लागि दल दर्ता गर्ने

काठमाडौं, असोज १३ । सत्ता साझेदार दल नेपाली कांग्रेसले बाढी तथा पहिरो पीडितका लागि ५० लाख जम्मा गर्ने भएको छ ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए ।

त्यस्तै बैठकले बाढीपीडितका लागि सबै सांसदले १५ दिनको तलव दिने पनि निर्णय गरेको छ । बैठकले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय पनि गरेको छ । मंसिर १४ गते हुने उपचुनावका लागि यही १६ असोजसम्म दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ ।

बैठकले जारी सय दिने अभियान स्थगित गर्ने पनि निर्णय गरेको प्रवक्ता महतले जानकारी दिए । सो अभियान कोजाग्रत पूर्णिमा सम्मका लागि स्थगन गरिएको महतले जानकारी दिए । उनले सम्पूर्ण पार्टी पंक्तिलाई उद्धार र राहत कार्यमा सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय भएको जानकारी दिए । साथै कोजाग्रत पूर्णिमामा गरिँदै आएको चियापान कार्यक्रम पनि स्थगित भएको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति: Sep 29, 2024

प्रतिक्रिया दिनुहोस्