Logo
१३ आश्विन २०८१, आईतबार
(September 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झ्याप्ले खोला पहिरो : थप १० जनाको शव निकालियो

काठमाडौँ । धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खोलाको पहिरोमा पुरिएका गाडीबाट थप १० जनाको शव निकालिएको छ । सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले आइतबार ८ पुरुष र २ महिला गरी १० जनाको शव निकालिएको जानकारी दिए ।

यसअघि शनिबार राति १४ जनाको शव निकालिएको थियो । यससँगै शनिबार गएको उक्त पहिरोमा परेर मृत्यु भएकाहरुको संख्या २५ पुगेको सशस्त्र प्रहरीले जनाएको छ । पहिरोमा बस र माइक्रोबसहरु पुरिएको बताइएको छ भने अझै पनि उद्दार कार्य जारी रहेको छ ।

प्रकाशित मिति: Sep 29, 2024

प्रतिक्रिया दिनुहोस्