Logo
१३ आश्विन २०८१, आईतबार
(September 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झ्याप्ले खोलामा पुरिएको बस गोरखाबाट आएको पुष्टि, ३ जनाको शव फेला

काठमाडौँ । नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा  पुरिएको एउटा बस गोरखाबाट आएको पुष्टि भएको छ । उक्त बसमा चार जना सवार रहेकोमा तीन शव फेला परेको छ ।

गोरखाको लापुबेँसीबाट काठमाडौँ जाँदा एक बस सम्पर्कविहीन भएको थियो । झ्याप्ले खोलामा पुरिएको बस खोतल्ने क्रममा गोरखाबाट आउने क्रममा बेपत्ता भएको ना ४ ख२२७० नम्बरको बस नै रहेको पाइएको हो ।

बसको केही भाग मात्र देखिएपछि थप खोजी गर्दा गोरखाबाट काठमाडौँ जाने क्रममा बेपत्ता भएको बस रहेको पुष्टि भएको जिल्ला प्रशासन कार्यालय गोरखाका सूचना अधिकारी चूडानिधि तिवारीले जानकारी दिए ।

प्रकाशित मिति: Sep 29, 2024

प्रतिक्रिया दिनुहोस्