Logo
११ आश्विन २०८१, शुक्रबार
(September 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्याय परिषद्को बैठक चलिरहँदा बारले दियो बाहिर धर्ना

काठमाडौँ ।  न्याय परिषद्ले न्यायाधीश नियुक्तिका लागि बैठक बोलाएर छलफल थालेपछि नेपाल बार एसोसिएसनले परिषद् परिसरमा पुगेर धर्ना सुरु गरेको छ। बिहान १० बजेदेखि सुरु भएको परिषद्को बैठकमा न्यायाधीशको नाममा छलफल थालेपछि बारले विरोध स्वरूप परिषद् घेराउ गर्दै धर्ना दिएको हो ।

bar-dharna

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले गैर संवैधानिक रूपमा बलजफती न्यायाधीश नियुक्तिको कोसिस भएपछि आफूहरू धर्नामा उभिएको बताए । अवकाशमा जान लागेका प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले परिषद्को बैठक बोलाएर नाममै छलफल थालेपछि बारले नाराबाजीसहित धर्ना सुरु गरेको हो । परिषद्ले सर्वोच्च अदालतमा ६ र उच्च अदालतमा १६ न्यायाधीश नियुक्तिको तयारी गरिरहेको छ।

bar-dharna2

प्रकाशित मिति: Sep 27, 2024

प्रतिक्रिया दिनुहोस्