Logo
९ आश्विन २०८१, बुधबार
(September 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा गर्व गर्न लायक अनेकन धार्मिक र सांस्कृतिक रीतिरिवाज छन्ः देउवा

काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विविधताले भरिएको नेपाली समाजमा गर्व गर्न लायक अनेकन धार्मिक सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको बताएका छन् ।

बुधबार जितिया पर्वका अवसरमा शुभकामना दिँदै सभापति देउवाले जितिया पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको बताएका छन् ।जितिया पर्व नेपालको तराईमा विशेष गरेर थारू महिलाले निराहर व्रत बसेर परिवारका सदस्यको स्वास्थ्य तथा दीर्घायुको कामना गर्दै मनाउने गरिन्छ ।

सभापति देउवाले यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न र सामाजिक सद्‌भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना गरेका छन् ।

प्रकाशित मिति: Sep 25, 2024

प्रतिक्रिया दिनुहोस्