Logo
९ आश्विन २०८१, बुधबार
(September 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता

९ असोज, न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच आज भेटवार्ता भएको छ ।

उनीहरुबीच राष्ट्रसङ्घका लालि सामाओको स्थायी नियोगमा भेटवार्ता भएको हो । भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापा सहभागी थिए ।

त्यसअघि प्रधानमन्त्री ओलीले फिनल्ययान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबसँग पनि भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति: Sep 25, 2024

प्रतिक्रिया दिनुहोस्