Logo
८ आश्विन २०८१, मंगलबार
(September 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छैमले-कुलेखानी सडक आजदेखि १२ दिनसम्म बन्द

८ असोज, काठमाडौं । दक्षिणकाली नगरपालिकाले छैमले-कुलेखानी सडकखण्ड आज असोज ८ गतेदेखि १२ दिनका लागि बन्द गरेको छ । सडक स्तरोन्नतिका लागि असोज ८ गतेदेखि असोज १९ गतेसम्म सवारी आवागमन बन्द गरिएको हो ।

दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले कालोपत्र गर्ने काम भइरहेकाले छैमलेदेखि मकवानपुरतर्फको खण्ड पूरै बन्द गरिएको जानकारी दिए ।

नगरपालिकाले कालोपत्र नसकिउन्जेल सवारी चालक तथा यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न भनेको छ । सो कामका लागि सहजीकरण गरिदिन नगरपालिकाले काठमाडौं र मकवानपुरका जिल्ला प्रशासन कार्यालयलाई अनुरोध समेत गरेको छ ।

यो सडक केन्द्रीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौंडा जोड्ने सबैभन्दा छोटो दुरीको छ । बागमती प्रदेश सडक गुरुयोजना अन्तर्गत निर्माण भइरहेको सो सडकलाई ‘प्रदेश लोकमार्ग’ नामकरण गरिएको छ ।

May be an image of text

प्रकाशित मिति: Sep 24, 2024

प्रतिक्रिया दिनुहोस्