Logo
७ आश्विन २०८१, सोमबार
(September 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेयर बजारमा सबै सूचक घटे, नेप्से २५२९ अंकमा

७ असोज, काठमाडौं । सोमबार सेयर बजारमा सबै सूचक घटेका छन् । नेप्से परिसूचक ५९ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २५२९ अंकमा कायम भएको छ । यस दिन कुल ५ अर्ब ६६ करोडको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ । अघिल्लो दिन ५ अर्ब ९ करोडको भएको थियो ।

१४ कम्पनीको मूल्य बढ्दा २२९ को घटेको छ भने एउटाको स्थिर रह्यो । सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ १.२७, विकास बैंक २.४६, फाइनान्स ५.५६, होटल तथा पर्यटन ३.३४, हाइड्रोपावर २.८९, लगानी २.७३, जीवन बीमा २.३५, उत्पादन १.८१, माइक्रोफाइनान्स २.५६, निर्जीवन बीमा २.६९, अन्य २.२२ तथा व्यापार समूह ३.९३ प्रतिशत घटे ।

हिमालयन हाइड्रोपावरको मूल्य ९.८ प्रतिशत बढ्यो । एक्सल डेभलपमेन्ट बैंकको ८.१, रावा इनर्जीको ५.३, नेपाल फाइनान्सको ५.१, मातृभूमि लघुवित्तको ५ प्रतिशत मूल्य बढ्यो ।

गुडविल फाइनान्स, समृद्धि फाइनान्स, इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । प्रोग्रेसिभ फाइनान्सको ८.५, रिलायन्स फाइनान्सको ८.४, गुहेश्वरी मर्चेन्ट फाइनान्सको ८.३ प्रतिशत मूल्य घट्यो ।

प्रकाशित मिति: Sep 23, 2024

प्रतिक्रिया दिनुहोस्