Logo
७ आश्विन २०८१, सोमबार
(September 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्यमा समस्या देखाउँदै वीर अस्पताल भर्ना भए दुर्गा प्रसाईं

 प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन्।

उनी वीर अस्पताल भर्ना भएको हुन्। उच्च रक्तचापसम्बन्धी समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरेर उपचार गर्नु परेको वीर अस्पताल स्रोतले जनाएको छ।

काठमाडौँ जिल्ला अदालतले साइबर क्राइमसम्बन्धी उजुरीमा साइबर ब्युरोले पक्राउ गरेपछि प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले हिजो अनुमति दिएको थियो।

प्रसाईं पक्राउ परेलगत्तै प्रहरीले उनलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको थियो।

प्रकाशित मिति: Sep 23, 2024

प्रतिक्रिया दिनुहोस्