Logo
७ आश्विन २०८१, सोमबार
(September 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनुषामा हिरासत फोडेर भागेका ४ थुनुवा पक्राउ

७ असोज, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका चार थुनुवा पक्राउ परेका छन् । सोमबार राति हिरासतको भेन्टिलेसन फोडेर ९ थुनुवा फरार भएका थिए । जसमध्ये सत्यम झालाई तत्कालै प्रहरीले जनकचोकबाट पक्राउ गरेको थियो ।

भागका आठ जनामध्ये थप तीनजनालाई प्रहरी धनुषाको विदेह नगरपालिकाको वैदेही स्टेशनस्थित लखौरी भन्ने स्थानको धानखेतबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार पक्राउ पर्नेहरुमा लागूऔषध मुद्दाका अभियुक्त धनुषाको विदेह नगरपालिका ७ का २४ वर्षीय रोशन कुमार मण्डल, सिरहा नगरपालिका १३ का ३३ वर्षीय अभास्कर कुमार यादव र अभद्र व्यबहार मुद्दाका जनकपुरधाम ४ का २२ वर्षीय विक्की कार्की रहेका छन् ।

लागूऔषध मुद्दाका जनकपुरधाम उपमहानगरपालिका २१ रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका ७ गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल र धनुषाको औरही गाउँपालिका २ का २३ वर्षीय विशाल मुखिया, अभद्र व्यबहार मुद्दाका जनकपुरधाम उपमहानगरपालिका १ का १७ वर्षीय सुमित मेस्तर र नगराइन नगरपालिका २ का १८ वर्षीय मनिष मण्डल अझै फरार छन् ।

उनीहरुको खोजी भइरहेको डीएसपी अवाले बताए ।

प्रकाशित मिति: Sep 23, 2024

प्रतिक्रिया दिनुहोस्