Logo
७ आश्विन २०८१, सोमबार
(September 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुत्केरीको मृत्यु भएपछि सुर्खेतस्थित प्रदेश अस्पतालमा तनाव

सुर्खेत । सुर्खेतस्थित प्रदेश अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएपछि तनावग्रस्त बनेको छ ।

अस्पतालको आईसीयूमा वीरेन्द्रनगर नगरपालिका- ६ की १९ वर्षीय शर्मिला कुमालको गएराति मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो ।

आइतबार सुत्केरी व्यथा लागेपछि सामान्य अवस्थामै अस्पतालमा भर्ना गरिएको आफन्तको भनाइ छ । चिकित्सकको लापरबाहीले शर्मिलाको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।

सुत्केरी व्यथा लागेर अस्पताल भर्ना भएकी उनको रक्तस्राब भएको र आईसीयूमा राखेर उपचार गर्दागर्दै गएराति मृत्यु भएको प्रदेश अस्पतालले जनाएको छ ।

आफन्तहरूले अस्पताल परिसरमा दोषी चिकित्सकलाई कारबाही गर्नुपर्ने माग राख्दै प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति: Sep 23, 2024

प्रतिक्रिया दिनुहोस्