Logo
६ आश्विन २०८१, आईतबार
(September 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रास्वपा कार्यालयमा कार्यकर्ताको भिड :  लामिछानेलाई पनि पक्राउ गर्न सक्ने आशंका !

आइतबार साँझ  राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा अचानक  कार्यकर्ताहरुको भीड लागेको छ। गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालन छविलाल जोशी पक्राउ परेको दिन सभापति रवि लामिछानेलाई पनि पक्राउ गर्न सक्ने आशंकाले कार्यकर्ताहरु पार्टी कार्यालय पुगेका हुन् ।

सहकारीको वचत रकम अपचलन संसदीय छानबिन समितिले गोर्खा मिडिया प्रालि मार्फत सहकारीको रकम अपचलन गरेको भन्दै छविलाल जोशी, जीबी राई, कुमार रम्तेल र रास्वपा सभापति रवि लामिछानेलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ ।

सोही प्रतिवेदन अनुसार कारबाही अघि बढाउन गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई आग्रह गरेकै दिन छविलाल पक्राउ परेका छन् ।

छविलाल पक्राउ परेपछि रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछाने सहितका अन्य नेता कार्यकर्ताहरुले एक-अर्कालाई पार्टी सदस्यहरुलाई यथासक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेपछि कार्यकर्ता बाक्लिएका हुन् ।

सोही म्यासेजहरु अनुसार उपत्यकामा रहेका रास्वपा नेता-कार्यकर्ताहरु वनस्थलीस्थित पार्टी कार्यालय पुगेका हुन् । रास्वपाका कुनै नेताले आधिकारिक वक्तव्य दिएका छैनन् ।।

प्रकाशित मिति: Sep 22, 2024

प्रतिक्रिया दिनुहोस्