Logo
४ आश्विन २०८१, शुक्रबार
(September 20, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान संशोधनमा रास्वपाको एजेण्डाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, योग्य र विषय विज्ञबाट मन्त्री

काठमाडौं, ४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान शंसोधनमा आफ्ना एजेण्डाहरु अगाडि सारेको छ । गत असोज १ र २ गते काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलामा रास्वपा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्दै संविधान संशोधनमा पार्टीका एजेण्डाहरु अगाडि सारेका हुन् ।

रास्वपा सभापति लामिछानेले संविधान शंसोधनको मुद्दाबारे चर्चा हुँदा आफू त्रासित नभएको पनि उल्लेख गरेका छन् । उनले शासकीय स्वरुपमा रास्वपाको कयौं विमति रहेको उल्लेख गरेका छन् ।

साथै, रास्वपाले राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा अध्यक्षमा निर्वाचनअघि नै स्वतन्त्र, गैरदलीय र प्रतिष्ठित व्यक्तिको नाम सार्वजनिक गरिने पनि बताएका छन् ।

त्यस्तै, संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रधानमन्त्रीले आफ्ना मन्त्री योग्य र विषय विज्ञ नेपाली नागरिकबाट छान्न पाउने व्यवस्थाको एजेण्डा अगाडि सारेका छन् ।

राष्ट्रियसभालाई राष्ट्रिय एकता झल्किने गैरदलीय र समावेशी ‘विद्वत सभा’ बनाइनुपर्ने, विज्ञले नेतृत्व गर्ने गरी प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीसमेत गरी पाँच वटा प्रदेश मन्त्रालय रहने व्यवस्था वा बहुआयामिक पहिचान झल्काउने ७ वटा प्रदेश कायम राख्दै स्थानीय पालिकाहरुको संख्या भने ५ सयभन्दा मुनि झारिने प्रस्ताव राखेका छन् ।

प्रकाशित मिति: Sep 20, 2024

प्रतिक्रिया दिनुहोस्