Logo
४ आश्विन २०८१, शुक्रबार
(September 20, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपप्रधानमन्त्री प्रकाशमानले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

 प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली अमेरिका प्रस्थान गरेसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान श्रेष्ठलाई दिइएको छ।

शुक्रबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठलाई दिइएको जनाएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यू संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन सम्बत् २०६१ असोज ४ गते संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्नुहुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिशमा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहज्यूले सम्हाल्ने गरी तोक्नुभएको छ।’

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभाको ७९ औँ अधिवेशनमा भाग लिन नेपाली टोलीको प्रतिनिधित्व गर्दै त्यसतर्फ प्रस्थान गरिसकेका छन्।

प्रधानमन्त्रीले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटन सत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ। प्रधानमन्त्री असोज १४ गते नेपाल फर्कने तालिका छ।

 

प्रकाशित मिति: Sep 20, 2024

प्रतिक्रिया दिनुहोस्