Logo
३ आश्विन २०८१, बिहीबार
(September 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्राप्त अधिकारको रक्षा र संविधान कार्यान्वयनको लडाईं बाँकी छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले नागरिकका अधिकार र गन्तब्य सुरक्षित गरेको बताएका छन्।

आज टुँडिखेलमा आयोजित संविधान दिवस मूल समाहरोहलाई सम्बोधन गर्दै ओलीले संविधान सर्वस्वीकार्य भइसकेको जिकीर गरे। अपवादबाहेक नेपालीको भावना संविधानले समेटेको र राष्ट्रिय एकताको आधार संविधानले तयार गरेको उनको भनाइ छ।

यदि संविधान सर्वस्वीकार्य नभएको भए संविधान निर्माणका क्रममा उत्कर्षमा पुगेको असहमती यसै शान्त नहुने धाराणा राखे। तर, केही असहमतिको आडमा नेपालीबीचको सद्भाव सद्भाव खल्बल्याउने चेष्टा नगर्न चेतावनी समेत दिए। यद्यपि संविधानले दिएका अधिकार नागरिकले अनुभूतगर्न नपाएको स्वीकार गरे।

शिक्षा, स्वास्थ्यजस्ता मौलिक अधिकारको नै सम्बोधन गर्न नसकिएको उनको भनाइ छ। रोजगारीको अधिकार प्रभावकारी ढंगले कार्यान्वयन गर्न नसकैकै कारण युवाहरु देश छोड्न विवश रहेको, निरपेक्ष गरिवी कायम रहेको, भेदवाव अझै पनि केही हदसम्म कायम रहेको बताए।

अब यी अधिकार उपभोग गर्दै संविधानलाई जिवन्त बनाउन नागरिक र राज्य दुबैको उत्तिकै जिम्मेवारी रहने उनको भनाइ छ।   प्राप्त अधिकारको रक्षा र संविधान कार्यान्वयनको लडाईं अब बाँकी रहेको ओलीको भनाइ छ।

संविधान दिवसको मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी थिए।  समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले साँस्कृतिक झाँकी प्रस्तुत गरेका छन् । शान्तिको प्रतीक सेतो परेवा पनि उडाइएको थियो।

संविधान दिवसको अवसरमा आजै साँझ राष्ट्रपति पौडेलले शीतल निवासमा एक कार्यक्रम आयोजना गरेका छन्। साथै नारायणहिटी दरबार अगाडिको सडकमा आज साँझ सांगीतिक कार्यक्रम पनि आयोजना गरिएको छ । यी कार्यक्रमहरुमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: Sep 19, 2024

प्रतिक्रिया दिनुहोस्