Logo
२० कार्तिक २०८१, मंगलबार
(November 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रान्स्र्फमर खरिद प्रकरणमा पूर्वमुख्यसचिव क्षत्रीसँग बयान, बहालवाला सचिव पनि तानिए

काठमाडौं : विद्युत प्राधिकरणको ट्रान्स्र्फमर खरिद प्रकरणमा अख्तियार दुरुपयोग दुरुपयोग आयोगले पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीसँग बयान लिएको छ । चीनको हुवेइ सनलाइट र थाइल्यान्डको सहवन्त इलेक्ट्रिक कम्पनीबाट उत्पादित ट्रान्सर्फमर खरिदमा अनियमितता भएको ठहर गर्दै अख्तियारले भदौ ०७० मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

उनीसँगै सचिव अर्जुनकुमार कार्की र पूर्वसचिव विश्वप्रकाश पण्डितसँग पनि बयान लिएको छ । ऊर्जा सचिव रहँदा गरेको निर्णयका आधारमा अख्तियारले तीन जनासँग बयान लिएको हो । त्यसलगत्तै प्राधिकरणको बोर्डले दुवै कम्पनी आर्विट्रेसनमा जाने निर्णय गर्‍यो । उक्त निर्णय गर्दा एउटा बोर्ड बैठकको अध्यक्षता तत्कालीन ऊर्जा सचिवको हैसियतमा विश्वप्रकाश पण्डित र दोस्रोमा राजेन्द्रकिशोर क्षत्रीले अध्यक्षता गरेका थिए ।

‘प्राधिकरणको रकम दुरुपयोग गरेको र अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्न कोशिस गरेकाले अख्तियारले तीन जनालाई बयानमा बोलाएको हो,’ स्रोतले भन्यो । बयानका लागि बोलाइएका क्षत्रीले हालै मुख्यसचिवबाट अवकास पाएका थिए भने कार्की बहालवाला सचिव हुन् ।

आर्विट्रेसनमा जाने निर्णयलगत्तै मध्यस्थकर्ता पनि नियुक्त गरियो । अदालतमा विचाराधीन मुद्दामा मध्यस्थकर्ता नियुक्त गर्न नपाइने बताउँदै अख्तियारले मुद्दा प्रभावित पार्न खोजेको निष्कर्ष निकालेको छ । र, आर्विट्रेसनबाट कुनै उपलब्धि नभएको र झण्डै अढाइ करोड खर्च भएको ठहर गरेको छ ।

 

प्रकाशित मिति: Nov 5, 2017

प्रतिक्रिया दिनुहोस्