बालेनको फोटो र नाम भएकाे टिसर्ट लगाएका युवा युवतीलाई इन्द्रजात्रा स्थलबाट लखेटियो
काठमाडौँ । काठमाडौँको बसन्तपुर क्षेत्रमा इन्द्र जात्रा हेर्न पुगेका बालेन समर्थकलाई प्रहरीले लखेटेको छ । काठमाडौँ महानगरपालिका प्रमुख आयोजक रहेको इन्द्रजात्रा केहीबेरमा सुरु हुँदैछ ।
जात्रामा सहभागी हुन बालेनको फोटो र नाम लेखेका युवा युवतिहरूको समूह सानो पशुपति क्षेत्रबाट बसन्तपुर दरबार क्षेत्र प्रवेश गर्दै गरेको अवस्थामा लखेटिएका हुन् । प्रहरीले उनीहरूलाई कार्यक्रम स्थानभन्दा टाढा पु¥याएर छोडेको वसन्तपुरमा रहेका प्रतिनिधिले बताए ।
जात्रा स्थलबाट निकालिएका युवा युवतिहरूको को हन भन्ने खुलेको छैन् । उनीहरूले लगाएको सेतो टिसर्टमा अगाडि पट्टी मेयर बालेन्द्र शाहको फोटो छ भने पछाडि पट्टी अङ्ग्रेजीमा बालेन लेखिएको छ । इन्द्र जात्रा समारोहमा राष्ट्रपति प्रमुख अतिथि रहन्छन् भने प्रधानमन्त्री, सभामुख लगायतका अतिविशिष्ट व्यक्तिहरू अतिथिका रुपमा उपस्थित हुन्छन् ।