Logo
३ आश्विन २०८१, बिहीबार
(September 17, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घण्टी बजाएर रास्वपाले सुरु गर्‍यो केन्द्रीय परिषद्को राष्ट्रिय भेला (तस्बिरसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु भएको छ । प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु भएको भेला  बुधबारसम्म चल्नेछ ।

भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान,  विधान संशोधन लगायतका एजेन्डामा छलफल हुने कार्यवाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।

भेलामा सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् सङ्गठन विभागका प्रमुख बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गर्नेछन् ।

भेलाले प्रथम महाधिवेशनको मितिसमेत तय गर्ने बताइएको छ । भेलामा सहभागी हुन  देशभरबाट १५०० बढी प्रतिनिधि काठमाडौँ आएको पार्टीले जनाएको छ ।

   

प्रकाशित मिति: Sep 17, 2024

प्रतिक्रिया दिनुहोस्