Logo
३ आश्विन २०८१, बिहीबार
(September 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रवि लामिछानेले ‘क्लिन चिट’ पाउनुभएको छ : स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेले सहकारीको रकम दुरुपयोगका सम्बन्धमा क्लिन चिट पाएको दाबी गरेका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै वाग्लेले यस्तो बताएका हुन् ।

‘रवि लामिछानेजीले त आज क्लिन चिट पाउनुभएको छ मूल आरोपबाट । अव ठुला पार्टीमा ठुलै पद ओगटेर बसेका वास्तविक ठगहरू योबाट उजागर भएको छ’, वाग्लेले भने,‘अन्तत्वगत्वा संसदीय समितिले देशको भलो हुने काम नै गरेको जस्तो लागेको छ ।’

उनले वास्तविक सहकारी पीडितको मुद्दा नछोड्ने पनि बताए । सभापति रवि लामिछानेले अझै पनि आफूले उठाएको विषयलाई कसैले लिपपोत गरे आफूले प्रतिवाद नगर्ने बताए ।

कार्यबहाक प्रवक्ता मनिष झाले समितिले ८३ अर्बको अवैध कारोबार भयो भनेको तर गोरखा मिडियामा ८५ करोडमात्र गएको भनेकाले ८२ अर्ब १५ करोड रुपैयाँ खोज्ने कि नखोज्ने बताए ।

प्रकाशित मिति: Sep 16, 2024

प्रतिक्रिया दिनुहोस्