Logo
३ आश्विन २०८१, बिहीबार
(September 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेटमणि देशद्रोही हुन्, यिनलाई मुद्दा लगाउनुपर्छ : सांसद ढकाल

नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका सांसद मेटमणि चौधरीलाई देशद्रोही मुद्दा लगाउन माग गरेका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै उनले चौधरीले संविधानविरोधी  र राष्ट्रघाती अभिव्यव्यक्ति दिएकाले कारबाही गर्नुपर्ने बताए।

‘एकजना पूर्वमन्त्री, पार्टीका पदाधिकारीले एउटा संचारमध्यममा आफ्नो विचार राख्ने सन्दर्भमा लिम्पियाधुरा र लिपुलेक भारतको हो। उसको दाबी पुग्छ भन्ने विचार व्यक्त गर्नुभयो।

यो संविधानविरोधी र गैरजिम्मेवार  अभिव्यक्तिप्रति खेद व्यक्त गर्न चाहन्छु’, उनले भने, ‘यो अभिव्यक्ति राष्ट्रघाती, देशद्रोही कुरा हो। राष्ट्रिय स्वतन्त्र र भौगोलिक अखण्डतालाई खण्डित गर्ने कुरा हो। तीन करोड जनतालाई अपमानित गर्ने कुरा हो। विदेशीलाई खुखी बनाउने कुरा हो।’

सांसद ढकालले संसद्‌बाट सर्वसम्मत पास भएर संविधानको अनुसूचीमै लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग भएको स्पष्ट भएपनि त्यसविरुद्ध त्यसरी बोल्नेलाई देशद्रोहीको मुद्दा लगाउन माग गरेका छन्। ‘संसद्‌बाट सर्वसम्मत पास भई संविधान संशोधन गरेर अनुसूचीमा उल्लेख भएको विषयलाई यो नेपालको भूभाग होइन भनेर अभिव्यक्ति दिनेलाई देशद्रोहीको मुद्दा लगाइयोस्।’

प्रकाशित मिति: Sep 16, 2024

प्रतिक्रिया दिनुहोस्