Logo
३ आश्विन २०८१, बिहीबार
(September 13, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भदौ ३० गतेको संसद् बैठकमा आक्रामक रूपमा प्रस्तुत हुने माओवादीको तयारी

काठमाडौं, २८ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने भएको छ। अध्यक्ष तथा दलका नेता पुष्पकमल दाहाल कोशी र मधेश प्रदेशका विभिन्न बैठक सकेर काठमाडौं फर्किएलगत्तै संसदीय दलको बैठक बोलाएका हुन् ।

अध्यक्ष दाहालले प्रतिनिधिसभाको बैठकमा योगेश भट्टराईले माओवादी जनयुद्धलाई हिंसा भनेर बोलेको विषयमा सभामुख देवराज घिमिरेले संसद्को रेकर्डबाट हटाउन नपर्ने रुलिङ गरेपछि फायर भएका छन् । उनले सभामुख एमालेको निर्देशनमा चलेको निश्कर्ष निकालेका छन् ।

यही भदौ ३० गते बस्ने संसद्को बैठकमा कडा रुपमा प्रस्तुत हुने माओवादीको तयारी छ । यस्तै, सत्ता गठबन्धनले खासगरी कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानालाई दुई तिहाई बहुमतले महाभियोग लगाएर हटाउन खोजेको विषयमा पनि माओवादीको आपत्ति छ ।

प्रचण्डले उपसभामुखलाई हटाउने कदमबाट पछि हटन् कांग्रेस र एमाले नेतृत्वलाई चेतावनी दिएका छन् । संख्याको आधारमा पेलेर हटाउन खोजिए सशक्त प्रतिवादन गर्ने दाहालको चेतावनी छ ।

प्रकाशित मिति: Sep 13, 2024

प्रतिक्रिया दिनुहोस्