Logo
३ आश्विन २०८१, बिहीबार
(September 13, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर प्रशासनमा उल्लेखनीय सुधार हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर प्रशासनमा उल्लेखनीय सुधार हुनेगरी काम गर्न निर्देशन दिएका छन्।

शुक्रवार लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागको स्थलगत अवलोकनका क्रममा उनले कोही पनि सरुवा, बढुवा वा अरु कुनै प्रयोजनका निम्ति मन्त्रीलाई भेट्न नआउन पनि आग्रह गरे।

उनले आफ्नो रुची र चासो कर प्रशासनमा उल्लेखनीय सुधार र लक्ष्य पूरा गर्नेमा केन्द्रित रहेको बताए। उनले सरकारले लिएको राजश्व उठाउनका लागि आवश्यक सहयोग के चाहिन्छ सरकारसँग माग्न पनि आग्रह गरे। उनले आन्तरिक राजश्व रणनीति कार्यान्वयनका लागि जोड दिए।

उपप्रधानमन्त्री पौडेलले आन्तरिक श्रोत परिचालनलाई प्रभावकारी बनाउन कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधि मैत्री जनशक्ति विकास गर्ने काममा लाग्नुपर्ने बताए। उनले लक्षित राजश्व लक्ष्य सम्पूर्ण रुपमा पूरा गर्न पनि निर्देशन दिए।

प्रकाशित मिति: Sep 13, 2024

प्रतिक्रिया दिनुहोस्