Logo
४ आश्विन २०८१, शुक्रबार
(September 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उत्कृष्ट स्थानीय तहलाई काँग्रेसको स्थानीय तह समन्वय विभागको सम्मान

 नेपाल काँग्रेसको स्थानीय तह समन्वय विभागले नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने जनप्रनिधिले नेतृत्व गरेको उत्कृष्ट स्थानीय तहलाई सम्मान गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित एक समारोहकाबीच पार्टी सभापति शेरबहादुर देउवा एवम पार्टीका पदाधिकारीले सम्मान गरेका हुन् ।

आर्थिक वर्ष २०७९–८० मा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा उत्कृष्ट हुने ४ गाउँपालिका र ३ नगरपालिका गरेर ७ स्थानीय तहलाई सम्मान गरेको हो भने २०७९–०८० मा सम्पन्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा ४ गाउँपालिका र ४ नगरपालिका गरेर ८ वटा स्थानीय तहलाई सम्मान गरिएको छ ।

यस्तै महालेखापरीक्षकको आर्थिक वर्ष २०७९–०८० को वार्षिक प्रतिवेदन अनुसार कम बेरुजु हुने ३ गाउँपालिका र ३ नगरपालिका गरेर ६ स्थानीय तहलाई पनि सम्मान गरेको छ ।

यी हुन सम्मानित हुने स्थानीय तह

 

प्रकाशित मिति: Sep 12, 2024

प्रतिक्रिया दिनुहोस्