Logo
३ आश्विन २०८१, बिहीबार
(September 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिवलाई असंगठित विश्वविद्यालयका रुपमा मानिन्छ : प्रधानमन्त्री

२७ भदौ, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शिवलाई असङ्गठित विश्वविद्यालयका रुपमा मान्ने गरिएको बताएका बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको विश्वविद्यालयको आठौं साधारणसभा बैठकमा प्रधानमन्त्री एवम् कुलपति ओलीले नेपालको आफ्नै पौराणिकता र गौरव रहेको बताए । ‘यस भूभागले विश्वलाई प्रेरणा दिएको छ,’ उनले भने ।

उनले विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न राजर्षिजनक विश्वविद्यालयलाई आग्रह समत गरे । समस्याको समाधानका लागि संयुक्तरुपमा प्रयास केन्द्रित गर्नुपर्नेमा जोड दिंदै प्रधानमन्त्रीले पाठ्यक्रम तयार गर्दा पूर्वीय दर्शनका साथै नेपाली दर्शन र यहाँका वैभवका विषयमा ध्यान दिनुपर्ने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, सहकुलपति एवं मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौडेल अधिकारीलगायत सहभागी थिए ।

प्रकाशित मिति: Sep 12, 2024

प्रतिक्रिया दिनुहोस्