Logo
४ आश्विन २०८१, शुक्रबार
(September 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुवासचन्द्र नेम्वाङको नाममा प्रतिष्ठान बनाउने ओलीको घोषणा

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने घोषणा गरेका छन् ।

बुधबार एमाले पार्टी केन्द्रीय कार्यालयमा संविधानेसभा अध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवसलाई सम्बोधन गर्दै उनले सो घोषणा गर्नुभएको हो । ओलीले सुवास नेम्वाङका स्मृति ताजा राख्न र नेम्वाङका आदर्शहरूलाई पछ्याएर उनको सम्झनामा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने बताए ।

प्रतिष्ठानको बारेमा सम्पूर्ण निर्णय भने शुक्रबारको सचिवालय बैठकले गर्ने ओलीले बताए ।

पुष्पलाल प्रतिष्ठान पार्टीले बनाएपनि अहिले माधवकुमार नेपालले निजी सम्पत्ति झैँ लगेको भन्दै उनले टिप्पणी गरे । पुष्पलालले पार्टी नछोडेको भन्दै नेपालले पार्टी छोडेपछि एमालेले नै पुष्पलाल प्रतिष्ठानको संरक्षणको जिम्मेवारी पाउनुपर्ने ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले नेताहरुको नाममा प्रतिष्ठान, विद्यालयहरु खोलेर दुरुपयोग गरिएको भन्दै यस्ता कुरालाई समयक्रममा आन्दोलन, जनता, देशको हित र पक्षमा उभ्याउनुपर्ने बताए ।

ओलीको भनाइ जस्ताको तस्तै

हामी एउटा प्रतिष्ठान बनायो छोड्यो होइन, एउटा प्रतिष्ठान समातेर बस्यो काम केही नगर्‍यो होइन । नेताहरुका नामका प्रतिष्ठान नेताहरुको आदर्श, नेताहरुको विचार, नेताहरुले हिँडेको बाटो, नेताहरुको व्यवहार, आचरण, नेताहरुको गतिशील इच्छा, आकांक्षा र प्रवृत्ति अनुरुप चल्नेछ । अनिमात्रै त्यस्तो प्रतिष्ठानहरुको औचित्य हुन्छ । हामी अहिले रहेको अरु पनि प्रतिष्ठानहरुलाई जुन प्रतिष्ठानहरु निष्क्रिय छन्, सक्रिय छैनन् त्यस्ता प्रतिष्ठानहरुलाई सक्रिय बनाउँछौँ । नेताका नाममा प्रतिष्ठान हुने, तर त्यो प्रतिष्ठान देशका लागि नहुने । अनि कसैले त्यसलाई कब्जा गरेर बस्ने ? पुष्पलाल प्रतिष्ठान पार्टीले बनाएको हो, खेलो फड्का गर्दै माधव नेपाल जस्ता मान्छेहरू अध्यक्ष भए, पार्टीलाई त्यो प्रतिष्ठान सरक्क छोड्नुपर्ने ठाउँमा निजी प्रपर्टी जस्तो । पुष्पलालजी कुद्नुभएको हो र पार्टीबाट माधव नेपाल पो कुद्नुभएको त । पुष्पलाल त कुद्नुभएको होइन नि ! पुष्पलाल प्रतिष्ठान बोकेर लिएर जाने ? अर्को एक जनाले मदन भण्डारी अन्तर्राष्ट्रिय स्कुल भनेर खोल्या छ । अनि मदन भण्डारीका विचार भन्दा फरक कुराहरु सिकाउने गरेर त्यसको दुरुपयोग गरेको छ । यस्ता कुरालाई समयक्रममा हामीले आन्दोलनको हितमा, जनता, देशको पक्षमा उभ्याउनुपर्छ । कसैलाई कब्जा गरेर बस्न दिनु हुँदैन ।

प्रकाशित मिति: Sep 11, 2024

प्रतिक्रिया दिनुहोस्