Logo
३ आश्विन २०८१, बिहीबार
(September 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कास्कीमा श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

२६ भदौ, काठमाडौं । कास्कीमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीकै अन्नपूर्ण गाउँपालिका घर भई हाल पोखरा महानगरपालिका बस्दै आएका ४२ वर्षीय जहरसिंह कुँवर छन् ।

कुँवरले गएराति ४० वर्षीय श्रीमती राधिका कुँवरमाथि खुकुरी प्रहार गरी हत्या गरेको आरोप प्रहरीले लगाएको छ । प्रहरीका अनुसार कुँवरले सामान्य विवादमा श्रीमतीमाथि खुकुरी प्रहार गरेका थिए । घाइते राधिकालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घटनामा प्रयोग भएको खुकरीसहित कुँवरलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: Sep 11, 2024

प्रतिक्रिया दिनुहोस्