Logo
४ आश्विन २०८१, शुक्रबार
(September 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनी प्रदेशका वनमन्त्रीको राजीनामा स्वीकृत

लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले आफ्नो पदबाट दिएको राजीनामा आज मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत गरेका छन्।

बाँके क्षेत्र नं ३ प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य कुर्मी गत साउन ९ गते लुम्बिनी प्रदेशको वन तथा वातावरणमन्त्री नियुक्त भएका थिए। मन्त्री नियुक्त भएदेखि नै उनको मानव अधिकारकर्मीले विरोध गर्दै आएका थिए।

आफूमाथि लागेको आरोपबारे छानबिन गर्न मार्ग प्रशस्त गर्न नले मन्त्री पदबाट राजीनामा दिएका छन्।

प्रकाशित मिति: Sep 11, 2024

प्रतिक्रिया दिनुहोस्