Logo
३ आश्विन २०८१, बिहीबार
(September 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरधाम २४ का वडाध्यक्ष, सचिव र सहयोगी ४ लाख घुससहित अख्तियारको फन्दामा

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २४ का वडाध्यक्ष, वडासचिव र कार्यालय सहयोगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले नियन्त्रणमा लिएको छ ।

वडाध्यक्ष उपेन्द्र सहनी, वडाध्यक्ष उपेन्द्र साह र सहयोगी विजय मण्डललाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । घरबाटो सिफारिसका लागि एक सेवाग्राहीसंग चार लाख बढी रुपैयाँ घुस लिएको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको बुझिएको छ ।

स्रोतका अनुसार वडाध्यक्ष सहनी र वडासचिव साहले सहयोगीमार्फत् घुस लिएका थिए । घुस रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएर अख्तियारको टोली घटनास्थलमा आवश्यक कानूनी प्रक्रियामा लागेको छ ।

पक्राउ परेका वडाध्यक्ष सहनी नेकपा एमालेबाट निर्वाचित छन् ।

जनकपुरधामका मेयर मनोज साहले वडाध्यक्ष र सचिवलाई घुस रकमसहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको थाहा पाएको बताए ।

अख्तियारका बर्दिबास कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङले घुस रकमसहित वडाध्यक्ष, वडासचिव र कार्यालय सहयोगीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।

प्रकाशित मिति: Sep 10, 2024

प्रतिक्रिया दिनुहोस्