धनुषाको टिलहीमा राजदूत पुरीले गरे विद्यालय भवनको उद्घाटन
नेपालका लागि भारतीय राजदूत मनजीव सिंह पुरीले धनुषाको टिलहीमा भारतीय सहयोगमा निर्माण भएको श्री तपसी बाबा माध्यमिक विद्यालयको भवन उद्घाटन गरेका छन् ।
विद्यालयको नयाँ भवन भारत सरकारको करिब २ करोड ६५ लाख रुपैयाँको सहयोगमा निर्माण भएको हो । सन् १९७० मा स्थापित उक्त विद्यालयमा दलित विद्यार्थीहरूका लागि निःशुल्क रूपमा पढाई हुँदै आएको छ ।