Logo
४ आश्विन २०८१, शुक्रबार
(September 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रविको स्विकारोक्ति : गोर्खा मिडियामा सहकारीको रकम गलत ढंगले आयो

२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको स्वीकार गरेका छन् । तर त्यसमा आफ्नो कुनै संलग्नता नभएको उनको दाबी छ ।

धनगढी विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामिछानेले भने, ‘गोर्खा मिडिया लगायतका संस्थाहरुमा सहकारीबाट गलत ढंगले पैसा गएको स्थापित भएको कुरा हो ।’

तर त्यसमा आफ्नो संलग्नता नभएको उनको दाबी छ । आफू गोर्खा मिडियामा भएकै कारण अरुले गरेको बद्मासीको जिम्मेवारी लिनुपर्छ भन्ने नहुने उनले बताए । कसले बद्मासी गर्‍यो भनेर प्रहरी अनुसन्धानले देखाइसकेको भन्दै लामिछानेले भने, ‘त्यसमा मेरो संलग्नता छ कि छैन भन्ने जुन विषय हो, मैले लाभ लिएको हुनुपर्‍यो ।’

उनले संसदको छानविन समितिले समस्या समाधान केन्द्रित भएर प्रतिवेदन दिन्छ भन्ने विश्वास व्यक्त गरे । लाखौं मानिस सहकारीबाट पीडित रहेको भन्दै उनले भने, ‘मलाई आशा छ, यसले निकास दिन सक्ने छ ।’

प्रकाशित मिति: Sep 9, 2024

प्रतिक्रिया दिनुहोस्