Logo
४ आश्विन २०८१, शुक्रबार
(September 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार सञ्चालनका न्यूनतम साझा कार्यक्रम तय गर्न सत्ता साझेदार दलहरुको बैठक बस्दै

काठमाडौं, भदौ २४। आज सत्ता साझेदार दलहरूको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने तय भएको बैठकमा सरकारको कामको मूल्याङ्कन, सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार आइतबार प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एमाले०का महासचिव शंकर पोखरेल, गृह मन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, उपप्रधान एवं अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबिच सत्ता साझेदारको बैठक बोलाउने र न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल गठन गर्नेबारे कुराकानी भएको थियो ।

हिजोको बैठकमा सरकारमा सहभागी मन्त्रीहरुको कार्य सम्पादनबारेमा पनि छलफल भएको जनाइएको छ । जनतामा देखिएको निराशालाई चिर्ने गरी काम गर्न नसक्ने मन्त्रीहरुबारे पुनर्विचार गर्नेबारेमा समेत छलफल भएको बताइएको छ ।प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाबीच समसामयिक राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको बताइएको छ ।

प्रकाशित मिति: Sep 9, 2024

प्रतिक्रिया दिनुहोस्