Logo
४ आश्विन २०८१, शुक्रबार
(September 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डिभोर्सको नक्कली कागज बनाएका कांग्रेस सांसद कारागार चलान

दाङ । कांग्रेसका´फरार सांसद` धनबहादुर केसी उर्फ डीबी कारागार चलान भएका छन् ।

सम्बन्ध बिच्छेदको नक्कली कागज बनाएपछि उनकै श्रीमती राधा केसीको जाहेरीमा (वादी नेपाल सरकार) सुनुवाइ गर्दै अदालतले केसीलाई दोषी ठहर गरेको थियो ।

२०४८ साल असार ९ गते अदालतले एक वर्ष जेल र दुई हजार जरिवानाको फैसला सुनाए पनि केसीले हालसम्म सजाय भुक्तान गरेका थिएनन् । रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले प्रदेश सांसद केसी आफैँ अदालतमा उपस्थित भएको र अदालतले उनलाई सजाए भुक्तानका लागि आज कारागार चलान गरेको जानकारी दिए ।

कानूनतः केसी सांसदको उम्मेदवार समेत बन्नसमेत योग्य नभएको भन्दै उनको आलोचना हुँदै आएको थियो । उनी रूकुम पूर्वको प्रदेश (ख) बाट सांसद निर्वाचित भएका थिए ।

केसीलाई अदालतले सजाय सुनाएको विषय लुकाएर फरारकै अवस्थामा उम्मेदवार बनेर सांसद निर्वाचित भएको खुलासा सबैभन्दा पहिले नेपाल प्रेसले गरेपछि प्रहरीमाथि दबाब बढेको थियो ।

प्रकाशित मिति: Sep 8, 2024

प्रतिक्रिया दिनुहोस्