Logo
४ आश्विन २०८१, शुक्रबार
(September 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिराेमा पुरिएर घाइते भएकी बालिकालाई सेनाको हेलिकोप्टरमार्फत ल्याइयाे सुर्खेत

काठमाडाैं- जाजरकोटमा गएराति पहिरोमा पुरिएर घाइते भएकी बालिकालाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत ल्याइएकाे छ।

शनिबार बारेकाेट गाउँपालिका- ६ मा पहिरो जाँदा ११ वर्षीया बालिका घाइते भएकी थिइन्।  उनलाई आइतबार सेनाको हेलिकोप्टरमार्फत सुर्खेत ल्याइएकाे जनाइएको छ। उनकाे कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार हुनेछ।

बारेकोट गाउँपालिका- ६ की सम्झना चलाउनेलाई गम्भीर अवस्थामा जिल्लामा उपचार नहुने भएपछि हेलीबाट उद्धार गरिएको हो।

जाजारकोटका प्रहरी नायव उपरिक्षक पुरुषोत्तम पाण्डेले प्राथमिक उपचारपछि गम्भीर घाइते बालिकाका हेलिबाट सुर्खेत उद्धार गरिएको बताए। सो पहिरोमा पुरिएका एकै घरका श्रीमान्-श्रीमती भने अहिलेसम्म बेपत्ता भएका छन्।

गयराति राती २ बजे पहिरोले घर पुरिँदा दुई जना पुरिएर बेपत्ता भएका थिए। बारेकोट- ४ पल्लो धुमा गाउँमा पहिरोमा पुरिँदा मानबहादुर चलाउने र उनकी श्रीमती मायादेवी चलाउने पुरिएर बेपत्ता भएका छन्।

घटनास्थलमा प्रहरी टोली पुगेको छ। अहिले पहिरोमा पुरिएको घरको पहिरो पन्छाउने कार्य जारी रहेको छ।

प्रकाशित मिति: Sep 8, 2024

प्रतिक्रिया दिनुहोस्