Logo
३ आश्विन २०८१, बिहीबार
(September 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनसेल ५ वर्षका लागि भयाे नवीकरण, तीन किस्ता गरी अब १५ अर्ब तिर्नुपर्ने

काठमाडौं । मोबाइल सेवाप्रदायक निजी कम्पनी एनसेलको लाइसेन्स नवीकरण भएको छ । हिजो नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले किस्ता सुविधा दिएर लाइसेन्स नवीकरण गरेको हो । एनसेलले ४ वटा किस्ता तिर्ने सर्तमा लाइसेन्स नवीकरण भएको प्राधिकरणले बताएको छ । २०८४ भित्र ब्याजसहितको किस्ता तिर्नु पर्ने छ ।

४ किस्तामा प्रतिकिस्ता ५ अर्बको दरले पैसा बुझाउनु भर्ने छ । जसमा एनसेलले १ किस्ता अर्थात ५ अर्ब तिरिसकेको छ । बाँकी ३ किस्ताको ब्याजसहित २०८४ भित्र तिर्नु पर्ने छ ।

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले ४ किस्तामा पैसा तिर्ने गरी एनसेलको लाइसेन्स नवीकरण भएको बताए । उनले भने, ‘एनसेलले जेठ १४ गते ४ अर्ब बुझाएको थियो । हिजो १ अर्ब गरी ५ अर्ब बुझाएर लाइसेन्स नवीकरण गरेको छ । ४ किस्तामध्ये पहिलो किस्ता ५ अर्ब बुझाएको छ भने ३ किस्ता एनसेलले ब्याजसहित तिर्ने छ ।’

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एनसेललाई २० अर्ब रुपैयाँको नवीकरण शुल्क र ब्याजसहित ४ किस्ताको सुविधा दिएर लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्राधिकरणले एनसेलको लाइसेन्स नवीकरण गरेको हो ।

भदौ १५ गते एनसेलको लाइसेन्सको अवधी सकिएको थियो । २० वर्षको लागि लिएको लाइसेन्सको म्याद सकिएपछि पुनः ५ वर्षको लागि लाइसेन्स नवीकरण भएको हो ।

प्रकाशित मिति: Sep 2, 2024

प्रतिक्रिया दिनुहोस्